भर्खरै : Sorry, your browser does not support inline SVG.

देशको माथिल्लो तहमा बस्ने मन्त्रीहरुलाई स्थानीय तहको समस्याबारे अवगत नुहुन विडम्बना : अध्यक्ष विजुक्छेँ

देशको माथिल्लो तहमा बस्ने मन्त्रीहरुलाई स्थानीय तहको समस्याबारे अवगत नुहुन विडम्बना : अध्यक्ष विजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छे (रोहित)ले स्थानीय तहलाई स्वायत्तताको अधिकार प्रदान गरी विकेन्द्रीत गर्ने हो भने प्रदेश सरकारको आवश्यकता नै नहुने र देशको आर्थिक अवस्था सुधार हुने बताउनु भएको छ । भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई विजया दशमी तथा दीपावली २०८० को अवसरमा शुभकामना तथा मार्गदिर्नेशन शुक्रबार प्रदान गर्दै अध्यक्ष विजुक्छेँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले कर्मचारीहरुले राजनीति गर्नुहुन्न भन्ने भ्रम पैmलाई रहेको हुँदा कर्मचारीहरुले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने र भ्रष्ट आचरणबाट टाढा रहनुपर्ने बताउनुहँुदै इमानदारीपूर्वक निष्पक्ष देश र जनताको सेवा गर्नु स्थानीय तहमा कार्यरत कर्मचारीहरुको दायित्व भएको तर्क गर्नुभयो । भक्तपुर नगरपालिकाको विशेषताबारे थाहा नहुने कर्मचारीहरुले भक्तपुरको सेवा गर्न नसक्ने बताउनुहँुदै कर्मचारीहरुले संविधान, नियम, कानूनबारे जानकारी राख्नुपर्ने र सेवा निवृत्त कर्मचारीहरुले समेत नयाँ भाषा सिकी आपूmलाई उर्जाशील बनाइराख्नुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो ।

देशको माथिल्लो तहमा बस्ने मन्त्रीहरुलाई स्थानीय तहको समस्याबारे अवगत नुहुन विडम्बनापूर्ण भएको बताउँदै उहाँले “बुद्धिजीवीहरु अज्ञानी हुन्छन्” र आप्mनो विषय बाहेक अन्य विषयमा जानकार हुँदैनन् भन्नुभयो । कर्मचारीहरुको कार्यसम्पादन प्रभावकारी बनाउन सबै विषयमा जानकारी हुनुपर्ने र समयमा काम सम्पन्न नगर्नु पनि भ्रष्टाचार हुने तथा यसले संस्थागत नोक्सान हुने भएकोले कर्मचारीहरु सचेत हुनुपर्ने बताउनुहुँदै उदाहारणीय कार्य गरी संस्थालाई दीगो बनाउने सोच कर्मचारीहरुमा हुनुपर्ने बिजुक्छेँले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारी इमानदार भए जनताले सुखको अनुभूति हुने तथा अनुशासित कर्मचारीहरुले मात्रै अनुशासित संस्था बन्न सक्ने बताउनुहुँदै समाजलाई अगाडि बढाउन जनप्रतिनिधिहरुले दूरदर्शीतापूर्वक नीति तयार गर्नुपर्ने र कर्मचारीहरुले इमानदारितापूर्वक नीति कार्यान्वयन महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाले देशभरीकै जनताको लागि रोल मोडेलको रुपमा कार्य गरिरहेको बताउनुहु“दै भक्तपुरका कर्मचारीहरुको आचरणले नगरपालिकाको मूल्यांकन हुने हुँदा सि·ो समाजलाई उठाउन कर्मचारीहरुले पहिलो प्राथमिकता संस्थालाई दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथि एवं उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सम्पदायुक्त सा“स्कृतिक नगरको रुपमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि गर्दै आइरहेको र हालैमात्र भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुमा अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरिरहेको बताउनुहुँदै कर्मचारीहरुले संस्थागत हितलाई ध्यान दिई कार्य गर्न मार्गनिर्देशन गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.