भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

दशैं नजिकियो उपत्यका छाड्नेको तँछाडमछाड

दशैं नजिकियो उपत्यका छाड्नेको तँछाडमछाड

काठमाडौं । चाडपर्वलाई लक्षित आफ्नो गन्तव्य तय गर्न अग्रिम टिकट बुकिङ गर्न तछाडमछाड छ । सडक यातायातका लागि अझै पनि टिकटका लागि तँछाडमछाड गरिरहनु परेको यात्रुहरुले बताएका छन् ।

सरकारले सार्वजनिक बसका लागि २२ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाएपछि राजधानीको व्यस्त बसपार्क गंगबुमा टिकट काट्नेको तछाडमछाड भएको हो । अहिलेसम्म नियमित रुटका लागि तोकिएका टिकटहरुको बिक्री सकिएर थप टिकटमा अग्रिम बुकिङ भइरहेको यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए ।

सार्वजनिक बसमा पहाडी भेगमा बाढी समस्या रहेको यात्रुहरुको गुनासो गरेका छन् । सवारी साधनको अभाव नहुने र कसैको पनि यात्रा अवरुद्ध नहुने व्यवासायीले बताएका छन् ।

आइतबार परेको घटनास्थापना अगाडि सडक तथा हवाई दुवै माध्यमबाट शुक्रबार र शनिबार अत्यधिक संख्यामा यात्रु बाहिरिने गरेका छन् । फूलपाती पछि तीन दिन उपत्यका र शहरी इलाकाबाट ग्रामिण इलाकामा जाने यात्रुको चाप अत्याधिक हुने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.