भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखको आठबीसमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दैलेखको आठबीसमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दैलेख । कालिकोटबाट सुर्खेतका लागि छुटेको बस दैलेखको आठबीस नगरपालिका वडा नं २ सिस्नेमा दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते १७ जनालाको सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उक्त बस सडकबाट ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ ।

दुर्घटनाबाट ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका–३ कै ३२ वर्षीया धनकला शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.