भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

दैलेखको आठबीसमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दैलेखको आठबीसमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दैलेख । कालिकोटबाट सुर्खेतका लागि छुटेको बस दैलेखको आठबीस नगरपालिका वडा नं २ सिस्नेमा दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते १७ जनालाको सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उक्त बस सडकबाट ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ ।

दुर्घटनाबाट ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका–३ कै ३२ वर्षीया धनकला शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.