भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

मतदाताकाे विश्वास र भरोसालाई ध्यानमा राखि काम गर्छाैंः वडाध्यक्ष धनबहादुर लामा (भिडियाेसहित)

मतदाताकाे विश्वास र भरोसालाई ध्यानमा राखि काम गर्छाैंः वडाध्यक्ष धनबहादुर लामा (भिडियाेसहित)

एक समय यस्तो थियो, जुन बेला विदेशीहरु काठमाडौं झर्ने वित्तिकै नगरकोट पुग्नै पर्ने अभिव्यक्ति दिन्थ्ये । नेपाल बसाइको समय जति हुन्थ्यो त्यसको एक दुई दिन नगरकोटको लागि छुट्याउँथ्ये । तर पर्यटनसंगसंगै बसोवासका लागि चाहिने होटल रेष्टुराहरु खुलेपनि नेतृत्व नहुँदा पछिल्लो समय पर्यटक खस्किए । जसकालागि नगरकोटको पर्यटन समेत खस्कियो । नगरकोटमा पर्यटनको विकास प्रवद्र्धनका लागि अहोरात खट्ने पर्यटन व्यवसायी धनबहादुर लामाको टिम नै लागि प¥यो । स्थानीय सरकारले पर्यटनका नाममा कर असुल्यो त्यो पर्यटकका लागि झनै मन परेन । यो टिमले कर घटाउन बारमबार पहल ग¥यो तर पनि सुनेन पछि फलस्वरुप स्थानीय सरकार अन्तरर्गत चाँगुनारायण र मण्डनदेउपुर नगरपालिकाले कर उठाउन छाड्यो । पर्यटन क्षेत्रको समग्र विकासका लागि निकै लामो समय काम गर्न सफल पर्यटन व्यवसायी धनबहादुर लामा अहिले त्यो क्षेत्रबाट वडाध्यक्षको रुपमा अगाडि आएका छन् । नगरकोेटको पर्यटन क्षेत्रमा लामो समय विताइसक्नु भएका उनै वडाध्यक्ष धनबहादुर लामासंग कैलाश खबरका लागि पत्रकार विनोद विकले लगेको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः सम्पादक

यहाँलाई स्वागत छ ।
धन्यवाद ।

चाँगुनारायण नगरपालिका वडा नं ६ को वडाध्यक्षमा निर्वाचित हुनुु भएकोमा कैलाशखबरको तर्फबाट यहाँको कार्यकाल पूर्ण सफलताको शुुभकामना ।
कैलाश खबरलाई पनि मेरो विचार आम समुदायका माझ पु¥यान अबसर दिएकोमा विशेष धन्यवाद ।

विकास निर्माणका हिसावले निर्वाचित हुनुु भन्दा पहिला र अहिलेको अवस्थालाई कसरी लिनु हुुन्छ ?
निर्वाचन एउटा प्रकिया हो । प्रत्येक पाँचपाँच वर्षमा निर्वाचन हुुन्छ । हामी त्यो निर्वाचनमा सहभागी भयौं । जनताको घरदैलोमा पुग्यौं । विश्वास र भरोसा मानेर मतदाताले भोट दिनु भयो । यो मेरो जित नभएर समग्र नगरकोटबासीको विजय हो भन्न चाहन्छु । हामीले पनि समृद्ध नगरकोट निर्माणमा के कसरी योगदान दिन सकिन्छ भन्दै भौतिक विकास, मानवीय विकास र अधिकारमुखी विकासका अवधारणाहरु अगाडि सारेका थियों ।

तर हिजोका दिनमा नगरकोट जसरी अगाडि बढ्नुपर्ने थियो, २१ औं शताब्दीको नगरकोटका जनताले उपभोग गर्न पाउनुपर्ने भौतिक विकास, मानवीय विकासको कुरामा धेरै कमीकम्जोरी रहेको हामीले पायौं । यद्यपीः यहाँसम्म आएको छ, केही हदसम्म सन्तुष्टि छौं । तर अझै पनि नगरकोटका जनताले विकासको महशुुस गर्न पाएका छैनन् ।

मलाई यस नगरका जनताले विश्वास गरेर अबको पाँच वर्ष नगरकोटको बागडोर सम्हाल्ने जुन मौका दिएका छन् त्यसप्रति म मतदाताहरुलाई हार्दिक नमन गर्न चाहान्छु । उहाँहरुको विश्वास र भरोसालाई म मर्न दिने छैन । आगामी दिनमा नगरकोटको भौतिक, मानवीयसंगै अधिकारमुखी विकास कसरी गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रीकृत हुन्छौं ।

त्यसो भए नगरकोटको कमजोर पक्ष के छ त ?
सबैभन्दा कमजोर पक्ष शिक्षा हो । हामी शिक्षामा पछाडी परेका छौं ।

अब तपाईको कार्यकालमा गुणस्तरिय शिक्षा जनताका छोराछोरी पाउँछन् त ?
अवश्यै पाउँनु हुन्छ । निश्चितरुपमा हामी पाँच वर्ष भित्रमा हिजो र आज के छ परिवर्तन ? भन्ने महशुस गर्नेगरी काम गर्नेछौं । जनताले महशुस गर्नेगरि शिक्षा, स्वास्थ्यमा काम गर्ने छौं । नगरकोटका जनताले परिवर्तनको पक्षमा मतदान गरेका हुन् । जनताको मतलाई सधै सिरोधार्य गरेर परिवर्तनका निम्ति दृढ भएर काम गर्ने छौं ।

यो वडामा विद्यालय र ती कस्तो अवस्थामा छन् ?
हाम्रो वडामा ५ वटा सामुदायिक विद्यायल छन् । २ वटा उच्च माध्यामिक विद्यालय छन् । हाम्रो कार्यकालमा सामुदायिक विद्यालयको गुणस्तर, शैक्षिकस्तर विकास गर्ने कार्यमा पहिलो जोड दिनेछौं । सामुदायिक विद्यालयप्रति जनताको आकर्षण घटेको छ । त्यसलाई निराकरण गर्दै सुधार गर्नेछौं । यसले समग्र वडा र देशको अर्थतन्त्रमा पक्कैपनि टेवा पुुग्नेछ ।

शिक्षाको गुणस्तर बृद्धि गरेपछि नगरकोटबाट भक्तपुर पढ्न जानुपर्ने बाध्यता हट्ने छ भन्ने विश्वास लगेका छौं । नगरकोटबाट १३ वटा बस भक्तपुर जान्छन् । नगरकोटी जनताको आर्थिकस्तर वृद्धि भएर त्यहाँ जानुराम्रै हो । भक्तपुरमा पाइने गुणस्तरिय शिक्षा यहाँ नै दिन सक्यौं भने विद्यार्थीले पढ्ने प्रयाप्त समय पाउँने छन् र शैक्षिक क्षेत्रमा हामीले फड्को मार्नेछौं ।

नगरकोटमा राम्रा विद्यालय नभएर हो १३ वटा बस भक्तपुरमा जाने ?
भौतिक पूर्वाधार र राम्रा विद्यालयहरु पनि छन् । गुणस्तरीय शिक्षा पनि दिएकै अवस्था छ । तर, अझै पनि जनताको विश्वास जित्न सकेकै अवस्था छैन । मेरा बच्चाहरु बोर्डिङ्ग स्कूलमा पढाउँदा समाजमा प्रतिष्ठा बन्छ भन्ने चेतना भएकाले पनि होला । साएद भक्तपुरमा दिने शिक्षा र नीजि विद्यालयहरुले दिने शिक्षा यही उपलब्ध गराउँन सक्यौं भने स्वभाभिक रुपमा सोच परिवर्तन हुनेछ ।

तपाईंको कार्यकालमा नीजि र सरकारी विद्यालयको भेद हटाउने प्रयास हुन्छ त ?
अवश्यै हुनेछ । गुणस्तरीय शिक्षा वडामा नै दिने गरी सामुदायिक विद्यालय र नीजि विद्यालयबीचको दुरी कम गर्ने छौं । यदि कोही कसैले वोडिङ्ग स्कूलमा नै पढाउँछु भन्नुहुन्छ भने पनि त्यो उनको अधिकारको कुरा हुने भयो । तर गुणस्तरीय शिक्षा यही दिन सकियो भेन त्यो भेद हटेर जानेछ भन्ने मलाई लागेको छ ।

वडामा स्वास्थ्यको अवस्था कस्तो छ ?
सरकारले सञ्चालन गरेको नगरकोट स्वास्थ्य चौकी यही छ । सामुदायिक स्वास्थ्य केन्द्र र जल्पादेवी सामुदायिक स्वास्थ्य केन्द्र पनि छ । तर यी स्वास्थ्य केन्द्रमा सामान्य औषधि दिने बाहेक अरु केही छैन् । नगरकोटका जनता र हामी जनप्रतिनिधिहरु यस विषयमा निकै चिन्तित छौं । अर्को कुरा नगरकोट पर्यटकीय क्षेत्र हो । यहाँ दैनिक धेरैै स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।

यहाँ सामान्य केही भई हाल्यो भने पनि हामीले बाध्यकारी भएर काठमाडौं र भक्तपुर दौडाउनु पर्ने अवस्था छ । हामी यो पाँच वर्ष भित्रमा स्वदेशी तथा विदेशी र स्थानीय जनताले लाभ लिने गरी विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्दै गुणस्तरीय उपचार प्रदान गर्ने गरी १० शैयाको अस्पताल बनाउँने प्रतिवद्धता व्यक्त गरेका छौं हामी त्यो काममा जुट्नेछौं । मौजुदा रहेका स्वास्थ्य संस्थाहरुलाई पनि स्तरवृद्धि गरेर लैजाने छौं ।

मैले नगरकोटमा नै पर्यटन वोर्डको अध्यक्षको रुपमा काम गर्दा यहाँ आएका स्वादेशी तथा विदेशी पर्यटकहरुले स्वास्थ्य क्षेत्रका विषयमा गुनासो पनि गरेका थिए । पर्यटन व्यवसायलाई पनि फाइदा पुग्ने गरी यहाँ अस्पतालको बन्दोवस्त गर्र्नेेछौं ।

पाँच वर्ष पछाडी आउँदा त्यो पुरा भएको होला त ?
अवश्य हुनेछ । हामीले आश्वासन बाडेका छैनौं । जनताका माझ योजना तथा कार्यक्रमहरु राखेका हौं । हामीले जनतामाझ गरेका प्रतिबद्धता पुरा नगरि सुखै छैन ।

खानेपानीको समस्या छ भन्ने गुनासो आउँने गरेको छ नि ?
भक्तपुरका लागि नगरकोट जलस्रोतको धनीका रुपमा लिन सकिन्छ । जलस्रोतको धनी भएपनि यहाँ खानेपानीको समस्या छ । हामीसंग स्रोत भएपनि प्रयाप्त खानेपानीका स्रोतहरुको कमी छ ।

यसलाई हामी व्यवस्थापनको कमजोरीका रुपमा लिएका छौ । पछिल्लो समय वनविनास, खडेरी लगायतका समस्याले केही मुुहानहरु सुकेको अवस्था छ । नगरकोटले भक्तपुर नगरका जनताहरुलाई खानेपानी उपलब्ध गराईरहेको छ । अब व्यवस्थित खानेपानीका लागि पनि पहल गर्ने छौं ।

तपाईं अध्यक्षमा निर्वाचित भएपछि यो समस्या हट्छ भनेर कसरी पत्याउने ?
म विश्वास के दिलाउन चाहान्छु भने, यी लगायतका धेरै समस्याको दिर्घकालीन समाधान खोज्न म र मेरो टिम लागि पर्नेछ । पाँच वर्षपछि यी समस्या नदोहोरिने गरी आशा गरौं समस्याको समाधान भएको हेर्न सक्नु हुने छ । शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका विषयमा हाम्रो अथक प्रयास रहने छ । यसमा कुनै कमी कमजोरी हुन नदिएर नगरकोटलाई अगाडि बढाउने कुरामा हामी प्रतिबद्ध छौं ।

वनजंगलको संरक्षणमा कस्तो भूमिका हुनेछ ?
निश्चित रुपमा विगतको तुलनामा वनविनासमा केही कमी आएको छ । हाम्रो नगरकोटमा सामुदायिक वन उपभोक्ता समितिहरु क्रियाशिल छन् । पहिला पहिलाको तुलनामा जनताहरुमा चेतनाको विकास भइसकेको छ । वनविनासमा न्यूनीकरण भएको छ । हामीले नगरकोटको वन हरियो धन भनेका छौं ।

वनलाई पर्यापर्यटनसंग जोड्दै स्वरोजगार तर्फ जोड्ने प्रयास हाम्रो हुनेछ । हिजोका दिनमा वनलाई वन पैदावारको रुपमा मात्रै हेरियो । अब वनलाई पर्या पर्यटनसंग जोड्दै जीविकोपार्जनसंग जोडेर कार्यक्रमहरु स्थानीयमाझ लग्ने छौं । नगरपालिकासंग मिलेर कार्यक्रमहरु अगाडि बढाउँछौं । पानी पर्ने सिजनबाट बृक्षारोपण लगायत संरक्षणका कार्यक्रम गछौं ।

लामो समय पर्यटन क्षेत्रमा बिताउँनु भयो अब पर्यटनका क्षेत्रमा के गर्नु हुन्छ ?
नगरकोट देशकै प्रमुख पर्यटकीय क्षेत्र मध्यको एक हो । यहाँ लाखौं विदेशी तथा स्वदेशी पर्यटक आउने गर्नुुहुुन्छ । नगरकोट भित्र र बाहिर पनि अनेकौं पर्यटकीय स्थलहरु राम्रा छन् । नगरकोट सुन्दर र रमणीय ठाउँ मध्य विर्सन सनकिने ठाउँ हो । यहाँ आएका पर्यटक फेरी फेरी आइरहने हुनाले यसको भविष्यलाई पनि हेरेर काम गर्छौं । मेरो अधिकाँश समय पर्यटनमा वितेकाले पनि अझ थप टेवा पु¥याउनमा मेरो महत्वपूर्ण भूमिका हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

हो नगरकोट जाने बाटोको समस्या छ । दुुई वर्षमा सम्पन्न गरीसक्नुु पर्ने बाटो आज आठ वर्ष सम्म पनि बन्न सकेको छैन । यसले पर्यटन प्रवद्र्धन, पर्यटनको विकास र पर्यटन विकासमा एकदमै आघात पुु¥याएको छ । त्यसैले हामी नेपाल सरकारका विभिन्न एकाईहरुमा पुगेर नगरकोटबासीको आवाज पु¥याएका छौं । सरकारको अकमण्र्यताका कारण हाम्रो आवाज सुनेन तर ।

नगरकोटका जनताले सहेर बसेका छन् अब जनताहरु सहने पक्षमा छैनन् । अब झन हामी निर्वाचिन भएर आएका छौं । जनप्रतिनिधि भएर आइसकेपछि सरकारलाई सुनाउने र बाटो बनाउँने कार्यमा लाग्छौं ।

वडाध्यक्षको नाताले पर्यटन व्यवसायमा व्यवसायीलाई के सन्देश दिनुहुन्छ ?
नगरकोटमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत र टेलिफोन लगायतका समस्याहरु रहेका धेरै छन् । काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाको रमणीय पर्यटकीय क्षेत्र नगरकोटका धेरै जसो होटलहरु मण्डनदेउपर नगरपालिकामा पर्दछन् । केही होटल भक्तपुर चाँगुनारायण नगरपालिकामा पर्दछन् । हिजोका दिनमा लिने बेलामा मेरो क्षेत्र र दिने बेलामा तेरो क्षेत्र भन्ने गरिन्थ्यो ।

अब लिने र दिनेमा मेरो र तेरो नभनी हामी सबैको क्षेत्र हो भन्न जरुरी छ । हामी जनप्रतिनिधिहरु पनि एक ठाउँमा उभिएर नगरकोटको विकासमा लाग्नेछौं । म एकलै ले मात्रै गर्न सम्भव छैन । यसमा मण्डनदेउपुर नगरपालिकाको पनि भूमिका रहन्छ । शंकारपुर नगरपालिकाको पनि भूमिका रहन्छ । यसमा अझ व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहन्छ ।

मेरो लामो अनुभव पर्यटन क्षेत्रसंग नै भएकाले म आफैले अगुवाई गरेर स्थानीय सरकारहरुलाईसंगै ल्याएर हातेमालो गर्दै नगरकोटको विकासका लागि संगै अगाडि बढ्छौं भन्न चाहन्छु । मन्त्री, सांसद, व्यापारीहरु नगरकोटको प्राकृतिक सौन्दर्यतालाई निहाल्ने, यही सडकबाट आउँजाउँ गर्ने तर पछि गएर नगरकोटको विकासलाई विर्शने गरेको उदाहरण धेरै छ ।

त्यस्तै अध्यक्ष भएपछि धनबहादुर लामाले पनि यसलाई विर्सने आधार त छ नि भन्ने आरोप आउला नि ?
विश्वास गर्नुस म यो आरोप आउँन दिने छैन । किनभने म सिंहदरबारमा होइन् नगरकोटमा नै बसेर काम गर्ने छु । मेरो क्षमताले भाएसम्म नगरकोटको दिगो पर्यटन विकासका लागि भूमिका खेल्ने छु । म यो क्षेत्रमा भिजेको मान्छे भएकाले पनि मलाई यसका चुनौती, अवसर र सम्भावनाका बारेमा ज्ञान छ । निश्चिय समृद्ध नगरकोट पर्यटनबाट मात्रै सम्भव छ । पर्यटनसंगसंगै स्थानीयवासीहरुको जीवनस्तर हुने खालका योजना ल्याएर अघि बढ्ने छु ।

वडाको कृषि क्षेत्रका बारेमा भन्नु पर्दा ?
नगरकोटको अधिकांश खेती योग्य जमिन प्लटिङले मासिएको छ । जसका कारण कृषिबाट नगरकोटको समृद्ध विकास गर्न सकिन्छ भन्ने अपेक्षा कम हुन सक्छ । जति बाँकी जमिन छ, त्यो जमिनमा जैविक खेतीगर्ने तर्फ आकषण गर्ने खालका कार्यक्रम ल्याउने छौं । किसानमुखी कार्यक्रम ल्याएर यसैतर्फ लाग्न प्रेरित गर्नेछौं । साविक वडा न.ं १ र २ मा खेतीयोग्य जमिन बाँकी छ ।

त्यहाँ उत्पादन भएको तरकारी भक्तपुर र काठमाडौं जिल्लामा खपत भइरहेको छ । यसलाई अझ वडाले थप विकास गरेर लैजाने छ । किसानसँग छलफल गरेर नै कृर्षिका कार्यक्रम व्यवस्थापन गर्नेछौं । साविकका वडा ३ देखि ९ वडासम्मका जमिनहरु अधिकांश प्लटिङ्गका कारणले कृषिमा सोचेजस्तो गर्न नसकिएलाकी भन्ने लागेको छ । तर, भएको जमिनलाई बाँझो राख्न दिने छैनौं ।

वडामा रहेको प्रति जग्गा संरक्षण कसरी हुन्छ ?
प्रति जग्गा अत्यन्तै विनास भएको अवस्था छ । हाम्रो वडामा प्रति जग्गा संरक्षण गर्ने कार्यदल नै बनाएर अगाडी बढ्ने छौं । नासिएका र हडपेका प्रति जग्गालाई फिर्ता ल्याउँन नगरकोटबासीले सहयोग गर्ने छन् । त्यसको संरक्षणमा कुनै कसुर बाँकी राख्ने छैनौं ।

अन्त्यमा नगरकोटबासीलाई के भन्नु हुन्छ ?
हामी भर्खरै २०७९ साल बैशाख ३० गते सम्पन्न चुनावबाट निर्वाचित भएर आएका छौं । जनताको अपार विश्वास र भरोसा हामी माथि रहेको छ । त्यसका लागि नगरकोटका सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

जनताको विश्वासलाई रतिभर खेर जान दिने छैनौं । निर्वाचनको दौरान मसंगै मित्रवत् प्रतिस्पर्धा गरेका विभिन्न राजनीतिक दलहरुका साथीहरुलाई पनि धन्यवाद दिन चाहान्छु । म राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित भएपनि सबै दलका साथीहरुसंग हातेमालो गर्दै अगाडि बढ्ने छु । म सबैको साझा जनप्रतिनिधि हुँ भन्ने कुरालाई विर्सने छैन । मेरो कार्यकालमा कसैलाई पक्ष र विपक्ष भनेर कार्य हुने छैन् ।

सेवाग्राहीलाई खुसीसाथ सेवा दिने सन्दर्भमा एकदमै निष्पक्ष भएर अगाडी बढ्ने छौं । जनताले अपेक्षा गरे अनुसारको काम हुनेछ भन्नेमा विश्वास दिलाउन चाहन्छु । चाँगुनारायण नगरपालिका र नगरकोटको सिंगो विकास, इज्जत, प्रतिष्ठा र विश्वासका साथ कार्यमा कुनै कसुर बाँकी नराखि काम गर्ने । वचन दिन चाहन्छु । देशका जुनसुकै कुुनाकाप्चामा रहेका उद्योगी, व्यवसायीहरुलाई नगरकोटमा लगानी गर्न अनुरोध गर्न चाहान्छु ।

किनकी नगरकोटको भविष्य उज्वल छ । आउँनुहोस् लगानी गर्नुहोस् नगरकोटमा । पर्यटन प्रवद्र्धन र विकासमा टेवा प¥याउन, इच्छा, चाहाना राख्ने व्यवसायी र उद्योगीहरुलाई आमन्त्रण गर्न चाहान्छु । सबैमा सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।

महत्वपूर्ण समय र विचारका लागि कैलाश खबरका तर्फबाट यहाँलाई धन्यवाद ।
मेरो विचारलाई पनि आम जनता माझ पुर्‍याएकोमा कैलाश खबर र यसका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

 


Thali Mobile Pvt.Ltd.