भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

दैलेखमा नेमकिपाले खोल्यो खाता, चामुण्डामा वडाध्यक्षसहित प्यानल नै विजयी

दैलेखमा नेमकिपाले खोल्यो खाता, चामुण्डामा वडाध्यक्षसहित प्यानल नै विजयी

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका वडा अध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

वडाध्यक्ष उदय विक, सदस्यहरु गोरख केसी, सुरेन्द्र शाही, लाली सारुमगर र गौरा नेपाली विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उदय विकले ३१७ मत ल्याएर निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ३१३ मत प्राप्त गरेका थिए ।

एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका शेरबहादुर पुलामी मगरले ९५ मत ल्याउन सफल भए । महिला सदस्य लाली सारु मगरले ३०७ मत ल्याएर विजयी भएकी छिन् । मेयर र उपमेयरमा भने कांग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार गणेशकुमार शाहीले ४२८ मत ल्याएका छन् भने एमालेका सूर्यबहादुर शाहीले २६७, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर शाहीले भने २५६, नेकपा एकीकृत समाजवादीका मनिषा कार्कीले २, माओवादी केन्द्रका जगदिश शाहीले ३५ र राप्रपाका जय भण्डारीले १ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसकी मनसरा कुमारी शर्माले ३६१, एमालेका नन्दाकुमारी विष्टले ३०२, नेपाल मजदुर किसान पार्टीका राजकुमारी शाहीले २६६, नेकपा माओवादी केन्द्रका कमला थामी मगरले ४९ र नेकपा एकीकृत समाजवादी नमनकुमार शाही १ मत ल्याएका छन् ।

 


Thali Mobile Pvt.Ltd.