भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

पनौती नगरपालिका वडा १ र २ को मतगणना सुरु

पनौती नगरपालिका वडा १ र २ को मतगणना सुरु

पनौती । स्थानीय तहको निर्वाचनअन्तर्गत पनौती नगरपालिका वडा नं. १ र २ को मतगणना सुरु भएको छ । पनौती नगरपालिकाको कार्यालयमा मतगणना सुरु भएको हो ।

पनौती वडा १ रयालेमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पदमा जय कुमार तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट वीरमान तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुकुमान तामाङले प्रतिस्पर्धा गरेका छन् ।

त्यसैगरी पनौती नगरपालिका वडा २ कुसादेवीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पुरुषोत्तम अधिकारी, नेपाली काँग्रेसको तर्फबाट पुष्पराज बोलखे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट नारायण सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाल कृष्ण अधिकारी र उन्‍नत लोकतन्त्र पार्टीका तर्फबाट केशव कुमार श्रेष्‍ठले प्रतिस्पर्धा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.