भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि आज शुरु

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि आज शुरु

काठमाडौं । सोमवारदेखि सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन शुरु हुँदैछ । ६ महिनापछि प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुन लागेको हो । बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको जनाइएको छ।

गत पुस १४ गते मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएका थिए। आकांक्षी धेरै हुँदा मुख्यमन्त्रीले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन्।

दाहाल–नेपाल र ओलीसमूह अनौपचारीक विभाजित भएपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ। आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने छ । दाहाल–नेपाल समूहसँग ३० जना र ओली समूहसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन। ३७ सदस्यसहित प्रदेशसभामा दुई तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा विभाजित भएका छन्।

 


Thali Mobile Pvt.Ltd.