भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ध्वजासहित फागु पूर्णिमाको चीर ठड्याइयो

ध्वजासहित फागु पूर्णिमाको चीर ठड्याइयो

काठमाडौं । काठमाडौंको बसन्तुपुरमा फागु पूर्णिमाको आगमनको संकेत स्वरुप चीर ठह्याइएको छ । बसन्तपुरमा शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् । उनीहरुले हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ विहिबार बिहान ७ बजेको शुभ साइतमा चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ समेत गरेका थिए ।

बिहिबारै पशुपतिनाथ, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिइने जनाइएको छ । होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते पहाडी तथा हिमाली भेगमा र ४ गते तराईमा होली मनाईदैछ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । बिहिबार ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याई दाह गरेपछि होली समाप्त हुने प्रचलन रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.