भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

ध्वजासहित फागु पूर्णिमाको चीर ठड्याइयो

ध्वजासहित फागु पूर्णिमाको चीर ठड्याइयो

काठमाडौं । काठमाडौंको बसन्तुपुरमा फागु पूर्णिमाको आगमनको संकेत स्वरुप चीर ठह्याइएको छ । बसन्तपुरमा शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् । उनीहरुले हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ विहिबार बिहान ७ बजेको शुभ साइतमा चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ समेत गरेका थिए ।

बिहिबारै पशुपतिनाथ, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिइने जनाइएको छ । होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते पहाडी तथा हिमाली भेगमा र ४ गते तराईमा होली मनाईदैछ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । बिहिबार ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याई दाह गरेपछि होली समाप्त हुने प्रचलन रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.