भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सात दिनभित्र स्पष्टीकरण पेश गर्न गृहको निर्देशन

सात दिनभित्र स्पष्टीकरण पेश गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको हो । नुवाकोटका ठकुरी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन् । उनी कार्तिक ८ देखि अस्पतालमा हाजिर नभएको गृहले उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

झा २२ कात्तिकबाट कार्यालयमा हाजिर नभएको जनाइएको छ । उनी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा कार्यरत उनलाई पनि सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको छ । चित्त बुझ्दो जवाफ नदिए दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी गृहले दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.