File Photo
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अग्रगतिमा लैजान नयाँ सरकार गठन अपरिहार्य भएको बताएका छन् । नयाँ सरकार गठनका लागि सबै पक्षलाई उनले आह्वान गरेका हुन् ।
प्रचण्डले प्रधानमन्त्री केपी ओलीले षड्यन्त्रमूलक ढंगले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिस्ट पार्टीहरूबीच एकता कायम भएको बताए ।
तर एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरूले षड्यन्त्रमूलक ढंगले विभाजन गरेको आरोप लगाउँदै उनले एकताको झन्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल समेत गरे ।
