भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

नयाँ स्मार्टफोन र घडी बजारमा ल्याउँदै वानप्लस

नयाँ स्मार्टफोन र घडी बजारमा ल्याउँदै वानप्लस

एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले आफ्नो नयाँ स्मार्टफोन र घडी मार्चमा सार्वजनिक गर्ने तयारी गरिरहेकाे छ ।  वानप्लसले मार्च महिनामा चार नयाँ उपकरण ल्याउन सक्ने अनुमान प्रख्यात टिपस्टर इशान अग्रवाल गरेका  छन् । यी उपकरण मध्ये वानप्लसको तीन नयाँ स्मार्टफोन ९–आर, स्ट्यान्डर्ड–९ र ९–प्रो र एउटा स्मार्टघडी हुनेछ।

९–आर नामक नयाँ स्मार्टफोनलाई पहिले ९–इ वा ९–लाइट नाम दिइएको थियो। यी स्मार्टफोनहरूमा ८ जिबी र्‍याम र पाँच हजार एम.ए.यच पावरको ब्याट्री रहनेछन । ९–आर वानप्लसको ‘नोर्ड एन’ सिरिज स्मार्टफोन भन्दा सस्तो पनि हुने इन्ग्याजेटले बताएको छ।

नोर्ड एन सिरिज वानप्लसको पछिल्लो नयाँ स्मार्टफोनमा पर्छ। यसमा नोर्ड, नोर्ड एन–१०० र नोर्ड एन–१० ५–जी गरेर तीन स्मार्टफोन छ। यसैगरी स्ट्यान्डर्ड–९ र ९–प्रो स्मार्टफोनमा भने १२० एच.जेटको डिस्प्ले, ८८८ चिप्स भएको स्नैपड्रैगन प्रोसेसर र कम रिजोलुसन भएको क्यामरा हुने अनुमान गरिएको छ।

वानप्लसको नयाँ स्मार्टघडी गोलो आकार भएको वेयर ओएस फिचरको साथ आउने इन्ग्याजेटको भनाइ छ। कम्पनीले आफ्ना नयाँ उपकरणहरु प्राय मार्च महिनामा सार्वजनिक गर्छ। यी तीन स्मार्टफोन र नयाँ घडी पनि चाडैँ बजारमा आउन सक्ने छ।

 


Thali Mobile Pvt.Ltd.