भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

नर्सिङ कलेज सञ्चारनबारे सांसद सुवाल नेतृत्वको टोलिद्वारा शिक्षामन्त्री पौडेलको ध्यानाकर्षण

नर्सिङ कलेज सञ्चारनबारे सांसद सुवाल नेतृत्वको टोलिद्वारा शिक्षामन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको नेतृत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत प्रतिनिधि मण्डलले शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गरेको छ । सांसद सुवाल नेतृत्वको टोलिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मिति २०७८ मंसिर ८ गते प्रकाशित स्टाफ नर्स विषयको भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचना भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम छुट भएको विषयमा ध्यानाकर्षण गराएको हो ।

भेटको क्रममा सांसद सुवालले भक्तपुर नगरपालिकाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक वर्ग र तप्कासम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ २०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा मिति २०७८ वैशाख १७ गतेदेखि ख्वप अस्पताल सञ्चालनमा रहेको बताए ।

सांसद सुवालले स्थानीय तहले सञ्चालन गरेका कलेजहरुलाई निजी कलेजहरुको आँखाले हेर्न नमिल्ने आग्रह गर्दै जनताको छोराछोरीको प्राविधिक शिक्षा अध्ययन गर्न पाउनुपर्ने अधिकारबाट बञ्चित नगरी ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम समावेश गरी अविलम्ब अर्को सूचना प्रकाशित गर्ने व्यवस्थाको लागि शिक्षामन्त्री पौडेललाई अनुरोध गरे ।

उनले ख्वप विश्वविद्यालयको विधेयक सदनमा अगाडि बढाउन पनि सो अवसरमा माग गरेका थिए । शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘चिकित्सा शिक्षा ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने’ व्यवस्था भएकोले मन्त्रालयले यस्तो निर्णय गर्नु परेको बताए । उनले माग जायज भए पनि ऐनको प्रावधानले गर्दा गाह्रो भएको जानकारी दिए ।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक संस्थानअन्तर्गत नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई ख्वप अस्पताल, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, वीर अस्पताल, प्रसुतीगृह, कान्ति बाल अस्पताललगायत सरकारी अस्पतालहरुमा विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्दै आएको जानकारी गराए ।

नगर प्रमुख प्रजापतिले ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम प्रकाशित गर्न लिखितपत्र मन्त्री पौडेललाई हस्तान्तरण गरेका थिए । उनले जनताको माग र आवश्यकताअनुसार भक्तपुर नपाले ख्वप अस्पतालमा १४ जना विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर, २९ जना स्टाफ नर्सलगायत १२५ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुमार्फत दैनिक करिब ६०० जना बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको अवगत गराएका थिए ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले यही मंसिर ८ गते ४५ वटा शिक्षण संस्थाहरुको मात्र नाम प्रकाशित गरी नर्सिङ भर्नाको लागि सूचना प्रकाशित गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.