भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

भरतबन्धुको क्यामेरा लेन्समा नेपाल

भरतबन्धुको क्यामेरा लेन्समा नेपाल

काठमाडौँ । लेखक तथा पत्रकार भरतबन्धु थापाले तस्बिरमा नेपाल फोटो पुस्तक बजार ल्याएका छन् । ‘तस्बिरमा नेपाल’ पुस्तक थापाको छैठौ कृती हो । तस्बिरमा नेपाल नामक पुस्तकमा पुर्वमा ओलाडचुढगोलादेखि पश्चिममा कालापानीसम्म र उत्तरमा सगरमाथा देखि दक्षिणमा जनपुर सम्मका तस्बिरहरू समावशे गरीएको छ ।

सातै प्रदेशको परिचय सहित त्यहाँका प्रमुख स्थानका तस्बिरहरूलाई एउटै कृतिमा समेटेर नेपाल प्रज्ञा पतिष्ठानले प्रकाशन गरेको हो ।
पुस्तकमा फोटो पत्रकार भरतबन्धु थापाले विगत दुई दशक देखि कैद गरेका नेपालको भौगोलिक,प्राकृतीक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ४ सयभन्दा बढी तस्बिरहरू समावेश गरेर तस्बिरमा नेपाल पुस्तक ल्याएका हुन् ।

प्रदेश नम्बर १ देखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी प्रदेशका परिचय सहित प्रदेशलाई चिनाउने तथा प्रदेशका धार्मिक, साँस्कृतीक, प्राकृतीक तथा ऐतिहासिक महत्तवपुर्ण स्थानका चित्र सहित त्यसको महत्तवका बारेमा जानकारी समेत पुस्तकमा उल्लेख गरीएको छ ।

नेपालको सुन्दरता तथा यसको महत्वलाई तस्बिरमार्फत समेट्ने प्रयास गरेको बताउने लेखक थापाले भने मेरा पुस्तकमध्ये यो पुस्तक छैठौ पुस्तक हो । यस पुस्तकमा पुर्वमा ओलाडचुढगोलादेखि पश्चिममा कालापानीसम्म र उत्तरमा सगरमाथा देखि दक्षिणमा जनपुर सम्मका तस्बिरहरू समावेश छन् । यो पुस्तक नेपाल बुझ्नलाई अाँखीझ्याल हुन सक्छ भन्ने मेरो विश्वास रहेको उनले बताए ।

नेपाल भौगोलिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक र धार्मिक सम्पदाका दृष्टिले धनी छ । नेपाललाई प्राकृतिक सुन्दरताको खानी मानिन्छ । सब्घीय संरचनाअनुसारको वर्तमान नेपालका सातै प्रदेशमा विभिन्न संस्कृति, आस्था र बहुल जातीय मानिसको बसोबास रहेको छ । यी हाम्रा सांस्कृतिक सम्पत्ति हुन् । यी सबै कुराहरू पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण छन् ।

हामीले विश्वमा नेपालका यिनै कुराहरूलाई मात्र देखाउन सक्याँै भने पनि यहाँको जीवनस्तर उकासिने मात्रै होइन, राज्यको समृद्धिमा समेत कोसेढुब्गा साबित हुन सक्दछ भन्ने हेतुनै यस पुस्तकमा समाबेश गरीएको छ । यस पुस्तकमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ,’ भन्ने विश्वास रहेको उनले बताए ।

प्रतिष्ठानले नेपाल चिनाउने बृहत ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशन गर्ने घोषणा दुई वर्षअगाडि नै गरेको थियो । तर कोभिड–१९ का कारण सरकारबाट आवश्यक बजेट प्राप्त नभएपछि ग्रन्थको अनुसन्धान तथा लेखन कार्य पूरा हुन सकेको छैन । तस्बिरबाट मात्र भए पनि सिंगो मुलुक चिनाउने योजना पूरा भएको प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले बताए ।

उनले भने ३ सय २० पृष्ठको तस्बिरमा नेपाल पुस्तकको मुल्य २ हजार ७० रुपैया रहेको छ । प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा पुस्तक प्राप्त गर्न सकिनेछ सदस्य सचिव उपाध्यायले बताए । लेखक थापाले यस वाईल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९), कर्णाली (२०२०), एक्सपोलर फारवेष्ट (२०२०) र गन्तव्य मध्यपुर (२०२१) पुस्तक प्रकाशनमा ल्याई सकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.