भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

नागरिकको गुनासोः झ्यालबाट आएका योजनाले ठाउँ पाए

नागरिकको गुनासोः झ्यालबाट आएका योजनाले ठाउँ पाए

सुर्खेत । कर्णालीमा वर्षेनी बजेट माथी व्यापक छलफल हुने गर्दछ । स्थानीय तह, प्रदेश सरकार बीचमा बजेट निर्माण गर्दा व्यापक छलफल हुने गरेपनि बजेट निर्माण गर्दा झ्यालबाट आएका योजनाले मात्रै ठाउँ पाउने गरेका नागरिकले गुनासो गरेका छन् ।

पुरानै तरिका अपनाउदा समस्या भएको जनप्रतिनिधि बताउँछन् । योजना प्रदेशमा पठाएपनि प्रदेश सरकारले सो योजनाहरु छनोटमा नपारेर आफ्नै तरिकाको योजना पठाउदा प्राथमिकताका योजनाहरु ओझेलमा पर्ने गरेको पालिकाका जनप्रतिनिधि बताउँछन् ।

आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटको विषयमा बृहत् समन्वय बैठकमा सहभागी जनप्रतिनिधिले यो गुनासो गरे । प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट कस्तो ल्याउने भन्ने विषयमा सबै निकायसँग सुझाव मागिरहेको छ । सुझाव माग्ने तर कार्यान्वन गर्दा अकै कुरा समावेश हुने गरेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.