भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नायक सुशान्तले गरे आत्महत्या

नायक सुशान्तले गरे आत्महत्या

३२ जेठ २०७७ मुम्बई । भारतीय नायक सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। मुम्बईको बान् स्थित फ्ल्याटमा उनको शव भेटिएको हो । आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । ३४ वर्षीय सुशान्तका कामदारले यस घटनाको जानकारी पुलिसलाई दिएका थिए ।

ब्याकअप डान्सरका रुपमा बलिउडमा करिअर सुरु गरेका उनले टेलिभिजनमा पहिलो सिरियल बालाजी टेलिफिलिम्सको ‘किस देश में है मेरा दिल’ बाट चर्चामा आएका थिए । त्यसपछि उनले चलचित्रमा अभिनय थालेका थिए । उनी डान्स रियलिटी शो ‘जरा नच के दिखा २ र झलक दिखला जा ४ मा पनि देखिएका थिए ।

भारतमा पछिल्लो पटक बलिउडका चर्चित हस्तीहरुको मृत्यु भएको छ । अप्रिल महिनामा चर्चित अभिनेताहरु ऋषि कपुर, इरफान खानसँगै गायक एवं संगीतकार वाजिद खानको पनि मृत्यु भएको थियो । सुशान्त सिंह राजपूतको जन्म बिहारको पटनामा भएको हो । सुशान्तका ४ जना बहिनी छन् ।

 


Thali Mobile Pvt.Ltd.