भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

नालापानीको सवक कालापानीमा दिन हरदम तयार छौं : तामाङ

नालापानीको सवक कालापानीमा दिन हरदम तयार छौं : तामाङ

यहाँलाई कैलाश खबरमा स्वागत छ ।

धन्यवाद !

के गरेर बसिरहनु भएको आज भोलि ?
जनताको सेवामा नयाँढंगले कसरी काम कसरी गर्न सकिन्छ भनेर खोजीनीति गरिरहेको छु ।

त्यो के हो र कसरी सम्भव छ ?
त्यो भनेको अर्गानिक खेती प्रणाली हो । हामीले साँच्चिकै नेपाल कृषि प्रदान देश हो भन्ने प्रमाणित गर्न अव हामीले नेपालको जंगललाई समेत उपयोग गर्नु पर्छ । त्यसका लागि जंगल लिजमा लगेर काम गर्नु पर्छ । सरकारले जंगललाई नेपाली युवामैत्री बनाउन र नेपाली युवालाई खाडीमा पसिना बगाउन पनि नपर्ने र नेपालमै रोजगारी प्रदान गर्न अब खेर गैरहेको जंगललाई प्रयोग गर्नु पर्छ । यसले बेरोगारी समस्या समेत हट्ने छ ।

यो जंगल नै लिजमा लिनेकुरा सम्भव छ त ?
असम्भव भन्ने कुरा केही छैन । यो सम्भव पनि छ सरकारले यसबिषयमा सोच्न जरुरी छ । २०५२ सालमा राज्यले सामुदायिक वन भनेर हस्तान्त्र गर्ने हो भने जडिबुटीको लागि पनि सम्भव छ । नीजि र सरकारी बन लाई विभाजित गरेर दिने हो भने ।

वन नमासेर जडिबुटी रोप्न र प्रशोधनका लागि उद्योग खोल्ने हो भने १४७५१६ वर्गकिलोमिटरको जंगललाई उपयोग गर्ने हो भने राज्यलाई पनि फाईदा र उद्योग चलाएर नेपाली युवालाई रोजगार दिने हो भने विदेशी युवा पनि नेपालमा काम खोज्दै आउने छन् । यो सम्भव पनि छ । अमेरिकन युवा पनि रोजगार देउ भनेर नेपाल आउने छन् ।

भनेपछि विदेशीलाई पनि रोजगारी दिन सकिन्छ ?

अवस्यै सकिन्छ । स्रोत अथाह छ नेपालमा उपायोगमा ल्याउनको लागि सरकारले ध्यान दिनु प¥यो ।

अहिले सरकाले पनि वनमा लगानी गरिरहेको छ । सरकारी वनलाई संरक्षण गर्ने अवधारणा पनि ल्याएको छ, यो ठिक छ त ?
अवधारणाका सवालमा ठिक छ । तर सरकारले फराकिलो ढंगले सोच्न प¥यो । हजारौं हेक्टर जमिन खेर गैरहेको छ । यो खेर गएको जमिन बहुमुल्य तरीकामा आमदानी गर्न सकिन्छ । यो त्यतिकै खेर किन फाल्ने ? सरकारलाई सुझाव कै रुपमा भन्न चाहन्छु सदुपयोग गरौं । युवालाई बीउ दिएर काममा खटाऔं । रोजगार छैन भनेर श्रम शक्तिलाई कौडिको भरमा बालुवासंग नसाँटौं । चाँडो भन्दा चाँडो यसलाई उपयोगमा ध्यान दिऔं ।

त्यसका निम्ति कृर्षि प्रणाली नै वदल्नु पर्ने हुन्छ, तपाईलाई नेपालको कृर्षिप्रणाली कस्तो लाग्छ ?
अहिले नेपालको कृर्षि प्रणाली भनेको विषादी प्रणाली हो । नेपालमा अर्गानिक प्रणालीको खाँचो छ । अहिले जताततै कृर्षिमा विषै विष अर्थात विषादिले भरिपूर्ण छ । प्रत्यक भान्छामा विष पाकिरहेको हुन्छ । त्यसैले शुद्ध खानेकुरा खानका लागि अर्गानिक खेतिप्रणालीमा ध्यान दिनु प¥यो ।

तपाई हामीले विषादी मुक्त खेतीमा ध्यान दिन जरुरी छ । मानिस विषादी प्रयोग गरेको खानाले विरामी परिरहेका छन् । अर्गानिक तरकारी खानका लागि कृर्षिप्रणालीमा परिवर्तन ल्याउन सरकारले सोच्न जरुरी छ । गाउँ गाउँमा माटो परिक्षण गरेर खेती गर्न किसानलाई सघाउन प¥यो । मलजल नपाएर खेत वारी पटपटी फुटिरहेका हुन्छन् सिचाई नपाएर । कुन कुन उत्पादन हुन्छ भनेर वैज्ञानिक तरिकाले सोच्ने हो भने देश आत्मनिर्भर पनि हुन्छ । समृद्धिको दिशामा अघिबढ्छ ।

नेपाल कृर्षि प्रदान देश हो, तर कृर्षि मलकारखाना समेत नहुनुको पछाडी के होला जस्तो लाग्छ यहाँलाई ?
राज्यको कम्जोरी छ । हरियो वन नेपालको धन भन्ने उखान पनि हराई सक्यो । कसैलाई वास्ता छैन । राज्यले व्यवस्थापन गर्न जरुरी छ । किसानलाई बीउ र मल दिन नसक्दा कसरी देश अगाडि बढ्ला ? धनी झन झन धनी बन्ने गरिव झन झन गरिब बन्दै जाने अवस्था आउनुमा राज्यनै दोषी हो ।

तपाईले स्मार्ट सिटीलाई इलेक्ट्रोनिक सिटी भनेर पनि भन्नु भयो, नेपालको अहिलेको इलेक्ट्रोनिकले भ्याउला त ?
भ्याउदैन । कुलामान घिसिङलाई उल्टै हटाउन खोजिरहेका छन् । उहाँकै देनमा अहिले नेपाली अन्धकारमा बस्नु परेको छैन । उनको नेतृत्वमा सम्भव छ ।

देशको भुभाग मिचिएको बेला तपाई कस्तो लाग्छ ?
भारतले सात वटा देश संग विवाद गरिरहेको छ । सधै सीमा अतिक्रमण गरिरहेको छ । उसले बंगलादेश संग हारेर उसको भूभाग फिर्ता दिएकै हो । त्यसैले महेन्द्र संग शरणमागेर बसेको भूभाग अहिले आफ्नो हो भनेर लाज नै मानिरहेको छैन । अब हामीले टिठ मान्न जरुरी छैन ।

अन्तराष्ट्रिय अदालतमा पुगेर आफ्नो भूमि फिर्ता ल्याउन जरुरी छ । आफ्नै भूमिमा जान उसको अनुमति लिन किन जाने ।हामीलाई जिम्मा दिनुहोस् कालापानीबाट भारतीय सेना भगाउन नेतृत्व लिन तयार छौं । जनता आगो बनिसकेका छन् । नेतृत्व पक्ष किन चुप लागिरहेको छ ? न्यायालयको ढोका ढकढकयाउँ ।

यो देश वीर गोर्खालीको देश हो । खुकुरीले कसैको गुलामी बन्न दिएन । बरु गुलामी बनेका हरुलाई स्वतन्त्रताको पाठ सिकाएको हो । त्यसैले नेपाल कसैको गुलाम नबनेको देशमाथि गुलामहरुले गीद्धे नजरलाउनु हास्यासपद कुरा हो । भारतले आफ्नो दोष लुकाउन, लुटको पर्दा उघ्रिने भो भनेर चीनको इसारामा नेपालले सब गरिरहेको छ भनेर भुकिरहेको छ ।

हामी अब चुपलागेर बस्न हुदैन कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्नै झण्डा फहराउन राज्यले अगुवाई गरोस हामी साथ दिन तयारी अवस्थामा बसेका छौं । नालापानीको सवक कालापानीमा दिन हरदम तयार छौं । आफ्नो भूमि मिचिरहेको हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । न्यायका लागि संयुक्त राष्ट संघमा जान जरुरी छ ।

महत्वपूर्ण विचारका लागि यहाँलाई धन्यवाद ।
मेरो गुम्सिएर रहेको आवाज सारा नेपालीमाफ लगिदिएकोमा तपाई र विशेष गरी कैलाश खबरको होल टिमलाई धेरै धेरै धन्यवाद ।

 

 


Thali Mobile Pvt.Ltd.