भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निर्धारित समयमा सकिएन खानेपानी आयोजना

निर्धारित समयमा सकिएन खानेपानी आयोजना

रोल्पा । यहाँको एक खानेपानी आयोजना समयमा सम्पन्न हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष पुसभित्र सम्पन्न गरिसक्नुपर्ने सो आयोजना कोरोनाका कारण समयमा सम्पन्न हुन नसकेको हो । सम्झौता मितिले १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजना तोकिएको समयभन्दा एक वर्षपछि हुने देखिएको छ । आयोजना २०७६ साल असारमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।

एशियाली विकास बैंकको ७०, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र स्थानीय समुदायको पाँच प्रतिशत लगानीमा सो आयोजना सम्पन्न गर्ने सम्झौता भएको थियो । जिल्ला सदरमुकाम लिवाङको घना बस्ती रहेको रोल्पा नगरपालिका वडा नं १, २ र ४ का एक हजार ६० घरघुरीलाई लक्षित गरी सो आयोजना सम्पन्न गर्न लागिएको हो । आयोजनाको कूल ठेक्का रकम रु ३१ करोड ५२ लाख ४२ हजार ९४६ रहेको छ ।

आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिनुभयो । कोरोना महामारीको विषम परिस्थितिका कारण समयमै काम सम्पन्न गर्न नसकिएको अध्यक्ष आचार्यको भनाइ छ । उहाँले तोकिएको समयभित्रै उपभोक्तालाई पानी खुवाउने प्रयास गर्दागर्दै कोरोना महामारीको विषम परिस्थितिले सफल हुन नसकेको बताउनुभयो ।

आयोजनाका एक हजार ६० लक्षित घरधुरीमध्ये ८०० घरधुरीको धारा जडान कार्य सम्पन्न भइसकेको छ । वितरण पाइपलाइनको केही काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाले कार्यालय भवन, सार्वजनिक शौचालय, रिजरवायर ट्याङ्की, निर्माण भइसकेको आयोजनाको सुपरभिजन इन्जिनीयर कृष्णबहादुर ऐरले जानकारी दिनुभयो । आयोजनामा विद्युत् जडान, मोटर जडान, फिल्टर जडान र स्काडा जडानको काम बाँकी रहेका छ ।

आयोजना क्षेत्रभित्र समेटिने विपन्न तथा गरीब घरधुरीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने कार्यक्रमअन्तर्गत ती घरधुरीमा खानेपानी धारा जडान र शौचालय निर्माणको काम पनि भइरहेको बताइएको छ । आयोजनाले तोकेका विपन्न घरधुरीको मापदण्डभित्र पर्ने ५८ घरधुरी शौचालय र ९९ घरधुरी पानीधारा जडानका लागि छनोट भएका थिए ।

छनोट भएका विपन्नमध्ये ५८ घरधुरीको निःशुल्क शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ । निःशुल्क धारा जडानका लागि छनोटमा परेका ९९ मध्ये ६५ घरधुरीको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.