भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

निर्वाचनका निम्ति करिब १२ लाखले छोडे काठमाडौं

निर्वाचनका निम्ति करिब १२ लाखले छोडे काठमाडौं

काठमाडौं । काम विशेषले काठमाडौं बसेका नागरिकले स्थानीय तहको निर्वाचनमा मत दिनका लागि गाउँ फर्किनेको संख्या करिब १२ लाख पुगेको छ । दैनिक २० हजारले उपत्यका छोडेको तथ्याङ्क छ बसपार्कसंग छ।

गोंगबुस्थित राजधानीको नयाँ बसपार्कमा दशैंमा नदेखिएको उत्साह यस चुनावमा देखिएको हो । विभिन्न राजनीतिक पार्टीले स्थानीय चुनावका लागि गृहजिल्ला जान चाहनेका लागि निःशुल्क बससुविधा दिएपछि बसपार्कमा मतदाताको ओइरो लागेको हो ।

दर्जनौं गाडी र बाक्लो भीडमा आफू जाने गाडीको भेउ नपाउँदा धेरै यात्रु अलमलिएका देखिन्थे । सम्बन्धित जिल्लाबाटै गाडीको बुकिङ भएकाले मेचीदेखि महाकालीसम्मका नागरिक बसपार्कमा भेटिएका थिए । गाउँ जान पाएकोमा उनीहरू दङ्गदास त थिए नै एउटै भोटले हारजितको निर्क्योल गर्ने भएकाले पनि मताधिकार प्रयोग गर्नुपर्ने उनीहरू बताएका थिए ।

निःशुल्क बस सेवा मिलाएका सरोकारवालाहरू भने खर्च गरेर मतदाता ओसारेको भन्न चाहेका थिएनन् । कुनै दल वा उम्मेदवारको निगाहविना आफ्नै खर्च मताधिकार प्रयोग गर्न गृहजिल्ला जानेहरूको लर्को पनि त्यत्तिकै थियो । मतदानकै लागि थातथलो जान लागेकाहरू नागरिक अधिकार गुमाउन नहुने पक्षमा थिए ।

अहिलेको भन्दा आगामी दिन सुधारका लागि पनि मतदान गर्नुपर्ने उनीहरूको धारणा थियो । पार्टी भन्दा पनि व्यक्ति छान्न आफूहरू जान लागेको बताउँदै थिए। यात्रुहरूको चाप बढ्दा बाहिरिने यात्रुको सामान लोड गर्ने मजदुरले पनि उतिक्कै काम पाए । सामान मिलाउन भ्याइनभ्याइ थियो ।

गाडीहरू सबै भरिभराउ भएको यो समयमा अघिल्लै दिन अघिल्लो दिन नैबुकिङ भइसकेका हुन्थ्य । पाँच वर्षपछि आफ्नो जनप्रतिनिधि चयनमा देखिएको मतदाताको उत्साह थियो । लोकतन्त्र सबल बनाउने प्रमुख आधार भन्दै उपत्यका छोडेपछि सुनसान देखिन थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.