भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) सर्वदलीय बैठक बस्दैछ । निर्वाचन आयोगको आह्वानमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको छ ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरु बैठकमा सहभागी हुने जनाइएको छ ।

१२ माघमा हुने राष्ट्रियसभा निर्वाचन र स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा आयोगले निर्वाचनको तयारी थालेको हो । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.