भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

खलङ्गा । जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो ।जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्नेछ । सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो ।

अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिकस्थलमा २५ जनाबढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको प्रजिअ प्रसाईंले बताउनुभयो । “७ माघ देखि लागू हुने गरी सार्वजनिकस्थल, कार्यालय, होटल, रेस्टुरेण्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ”, प्रजिअ प्रसार्इंले बताउनुभयो ।

चार लाख राजस्व सङ्कलन

जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको छ । गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरिरहेको गाउँपालिकाका राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो । जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएकोमा वडाबाट रु एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ । अघिल्लो आव २०७७÷७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.