भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

निर्वाचन आचार संहिता लागू

निर्वाचन आचार संहिता लागू

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ ।

आचारसंहिता लागू भएपछि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न नपाउँने भएको छ । कुनै पनि योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काममा पनि प्रतिबन्ध लगाइएको छ । आयोगले चुनावमा जाने राजनीतिक दल वा उम्मेदवारका लागि पनि आचारसंहिता बनाएको छ ।

भड्किलो प्रचार प्रसार गर्न रोक लगाइएको छ भने सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न स्थानीय प्रशासनबाट ७२ घण्टा अगावै अनुमति लिनुपर्नेछ । प्रचार प्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइनेछ ।

कुनै पनि दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला जस्ता सामग्री वितरण गर्न तथा प्रयोग गर्न पाइने छैन् ।

उम्मेदवारले ‘ए–फोर’ साइजको कागजमा आफ्नो व्यक्तिगत विवरण र योजना बनाएर वितरण गर्न भने पाउने छन् ।प्रचारमा साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगा लगायतका सवारी साधन प्रयोग गर्न पाइने छैन ।

तर, चुनाव प्रचारमा जान हेलिकप्टर भने प्रयोग गर्न पाइने छ । सरकारी तथा निजी मिडियाले पनि पक्षधरता देखिने गरी सामग्री सम्प्रेषण गर्न पाउने छैन ।

 


Thali Mobile Pvt.Ltd.