भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

निर्वाचित जनप्रतिनिधिहरु इमानदार भए देश र समाज निर्माणमा समय लाग्दैन : मेयर प्रजापति

निर्वाचित जनप्रतिनिधिहरु इमानदार भए देश र समाज निर्माणमा समय लाग्दैन : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचित जनप्रतिनिधिहरु इमानदार भए देश र समाज निर्माणमा टेवा पुग्ने बताएका छन् ।
मंगलबार भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन र शिलापत्र अनावरण गर्दै उक्त कुरा बताएका हुन । मुपुज्व टोल सुधारको पहल, भक्तपुर नपा र स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा गणेश मन्दिर पुनःनिर्माण भएको भन्दै मेयर प्रजापतिले खुशी व्यक्त गरे ।

उनले पुनःनिर्माण तथा जीर्णोद्धार भएका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको निरन्तर संरक्षण र मर्मत सम्भार गर्नुपर्ने आवश्यकता समेत औंल्याए । भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने कोसिस भक्तपुर नपाले गरिरहेको बताउँदै प्रमुख प्रजापतिले नपाले उपभोक्ता समितिमार्फत पुरानो प्रविधि प्रयोग गरी मौलिक शैलीमा यहाँका सम्पदाहरुलाई पुनःजीवन दिने काम गरिरहेको जानकारी दिए ।

देशको खरबौं बजेट सीमित ठेकेदारहरुको हातमा पुग्नु गलत भएको बताउदै उनले भक्तपुर नपाले विकास निर्माणका सबै कामहरुमा उपभोक्ता मोडललाई नै जोड दिँदै आएको चर्चा गरे । कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इसानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारीमा जुटेको बताए ।

 


Thali Mobile Pvt.Ltd.