भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

नेकपा (एमाले)को १०औं महाधिवेशको बन्दसत्र सौराहमा जारी

नेकपा (एमाले)को १०औं महाधिवेशको बन्दसत्र सौराहमा जारी

काठमाडौं । नेकपा (एमाल)को १०औं महाधिवेशको बन्दसत्र सौराहमा सुरु हुँदैछ । बन्दसत्र सुरु हुनुपूर्व अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छलफल रहेका छन् । बन्दसत्रस्थलमा प्रतिनिधिहरु उपस्थित भैइसकेका छन् । महासधिवेशनको उद्धाछन शनिबार चितवनको नारायणी किनारमा भएको थियो ।

सर्वसम्मत नेतृत्व चयनमा कसरत गरेको नेकपा एमालेको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछाडी हटेका छैनन् । त्यस्तै नेकपाको ललितपुरमा सम्पन्न विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो पुःन फर्काइएको छ ।

केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यी बनाइएको नेकपा एमालेले जनाएको हो । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा यो गरिएको जनाएको हो ।

अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था थियो ।

१५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव थिए । पोलिटव्यूरो खारेज गरेर ४५ सदस्यीय स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.