भर्खरै : Sorry, your browser does not support inline SVG.

नेकपा एमालेको ‘समृद्धिका लागि सङ्कल्प’ यात्रा आज सकिदै

नेकपा एमालेको ‘समृद्धिका लागि सङ्कल्प’ यात्रा आज सकिदै

काठमाडौं । मङ्सिर १४ गते बैतडीको झुला घाटबाट सुरु गरेको नेकपा एमालेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज मध्य पहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुने भएको छ । सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन अघि सुरु भएको अभियानको आज समापन गरिने नेकपा एमालेले जनाएको छ ।

पाँचथरको फिदिमबाट टोली आज बिहान चिवाभञ्ज्याङ जान लागेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए । फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने बताइएको छ ।

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुनः फर्किएर साँझ टोली फिदिम आइपुग्ने गौतमले जानकारी दिए । मध्य पहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेले दावी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.