भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेकपा भित्र नेता नेपाललाई पछार्ने ओली-दाहाल रणनीति

नेकपा भित्र नेता नेपाललाई पछार्ने ओली-दाहाल रणनीति

काठमाडौं । कहिले प्रचण्ड गुट त कहिले केपी गुट भनेर सत्ता सतहको खेलमा नेकपा रुमलिरहेको छ । देशमा कोरोना भाइरसका कारण नागरिक रोग ले भन्दा भोकले मर्न थाल्यौं भन्दै नेपालको वास्तविक चरित्र भारतमा देखाई रहेका छन् भने यता सरकार आफन्तलाई नियुक्ति देखि कमिशनमा लागिरहेको आभास जनतालाई दिईरहेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस पनि आफ्नो भागमा पनि बिलो लगाउन मगन्तेनारायण बनिरहेको छ । आफ्नो भूमिका भूलेर जनतालाई कुहिरो भित्रको काग बनाउन काँग्रेस पनि लागि परेको छ । नेकपा भित्र असार १० गते स्थायी कमिटी बैठक सुरू गर्नुअघि खुमलटारमा गुटको भेला गररे बालुवाटार पुगेका दाहाल–नेपाल पक्षका नेताहरुको पोजिसन पनि यतिखेर सतहमा आउनै लाग्दा परिस्थिति बदलिएको छ ।

दाहाल गुट ओली कित्तामा उभिने लगभग पक्कापक्कि भैसकेको छ भने नेपालप पक्षका केही नेताहरु फरक मत राख्ने चुरीफुरीमा लागेपनि असफल हुने जस्तै खेलको काष्टिङ्ग सतहमा आएको छ ।  नेकपा कार्यदलले भदौ ६ गते अध्ययन प्रतिवेदन बुझाउनुअघि नेकपा कार्यदलका सदस्यबीच घनिभूत बहस चलाएर ‘एक व्यक्ति, एक पदको जिम्मेवारी लिने प्रावधान ल्यायो । तर त्यो कार्यान्वयन गर्ने विषयमा मत बाझिएको छ । शंकर पोखरेल फरक मतमा उभिएपछि यो विषयपनि ओझेलमा पर्ने देखिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री र पार्टीको प्रदेश इन्चार्ज भएकाले पोखरेल प्रतिवेदन तयार पार्न सहमत नभएको सोझै बुझ्न सकिन्छ । तर गत १८ गतेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा विधानको धारा ४६ (ख) को व्यवस्थाअनुसार एक व्यक्ति एक जिम्मेवारी भन्ने प्रतिवेदन कडाईपूर्वक लिनु पर्ने नेपाल पक्षको माग भने नसमेटिने देखिएको छ ।

शुक्रबारदेखि सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा पेस गर्न भनेर अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा समेत नेपालले उठाएका थुप्रै विषयलाई सम्बोधन नगरिएकाले नेपाल आफ्ना पक्षधर नेताहरूलाई फरक मतमा उभ्याउने पक्षमा छन् । लामो रस्साकसी, वादविवाद र आरोप–प्रत्यारोपबीच गुर्जिरहेको नेकपा नेतृत्व माधव पक्षमा देखिएको छैन ।

प्रधानमन्त्री ओली सुरुदेखि नै सकारात्मक छैनन् भने अहिले प्रचण्ड पनि नेपाल पक्षलाई धोखा दिने पक्षमा देखिएको छ । यदि प्रचण्ड पक्ष नेपाल पक्षलाई पाखा लगाउने पक्षमा नै रहिरयो भने नेकपामा नेता नेपालको तरंग फरक ढंगले अघि बढ्ने छ । यसो हुँदा प्रचण्डपक्षीय नेताहरूले विधिवत् रूपमै आफ्नो क्याम्प ओलीमा रुपान्त्रण गर्नेछन् भने नेपाल पक्षीय नेताहरू एक्लिने निश्चित छ । यसले नेपाल पक्षको कित्ता परक पर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.