भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

३० मुलुकबाट ६० हजार २ सय ७२ जना नेपाली स्वदेश फर्किए

३० मुलुकबाट ६० हजार २ सय ७२ जना नेपाली स्वदेश फर्किए

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई चार्टड उडानबाट नेपाल ल्याउन थालेपछि अहिलेसम्म ६० हजार २ सय ७२ जना नेपाली स्वदेश फर्केका छन् ।  ३० मुलुकबाट ६० हजार २ सय ७२ जना नेपालीलाई विभिन्न विमान कम्पनीमार्फत नेपाल ल्याउन सफल भएको हो ।

इराकबाट ३९ जना, भारतबाट ८५ जना, सेन्ट्रल अफ्रिकाबाट ६८ जना, दक्षिण सुडानबाट २ सय ५० जना, स्वीट्जरल्यान्डबाट १० जना, फिलिपिन्सबाट २ सय १ जना, टर्कीबाट ४ सय ७ जना, चीनबाट २ सय ५० जना, बेलायतबाट २ सय २९ जना, इजरालयबाट १ सय २७ जना, अमेरिकाबाट ४ सय २३ जना, बहराइनबाट ९ सय ५० जना, पाकिस्तानबाट १ सय ११ जना, हङकङबाट २ सय २६ जना, सिंगापुरबाट २ सय ९७ जना स्वदेश फर्किएका छन् । अहिलेसम्म सबैभन्दा धेरै यँएईबाट १६ हजार ९ सय ५० जना स्वदेश फर्किएका छन् ।

थाइल्यान्डबाट ३ सय २६ जना, जापानबाट १ हजार ४ सय ९६ जना, कुवेतबाट ६ हजार ९ सय ६ जना, म्यानमारबाट २६ जना, कतारबाट ७ हजार ५ सय ३९ जना, ओमानबाट ८ सय ११ जना, अस्ट्रेलियाबाट १ हजार ९१ जना, अफगानिस्तानबाट ५० जना, साउदी अरेबियाबाट ९ हजार ५३ जना, श्रीलंकाबाट ५ जना, मलेसियाबाट ९ हजार ४ सय ४१ जान, माल्दिभ्सबाट ८ सय ४५ जना, बंगलादेशबाट ८ सय ६५ जना, दक्षिण कोरियाबाट १ हजार १ सय ६५ जना स्वदेश फर्किएका छन् ।

 


Thali Mobile Pvt.Ltd.