काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेपछि एमालेमा संकट पैदा भएको छ ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बताए । तर नेता नेपाल र रावले भने केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार नभएको जिकिर गरेका छन् ।
अध्यक्ष ओली ‘गुटको मात्र अध्यक्ष’ भएको दावी गर्दै नेता नेपाल र रावले सञ्चार माध्यममा आएअनुसार निलम्बन गरिएको भन्ने कुरालाई अस्वीकार गरेको बताए ।
ओलीले विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताए ।
नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न समेत अपिल गरेका छन् ।
