भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

मेन्था जडीबुटी खेतीबाट कैलालीका किसान राम्रो आम्दानी गर्दै 

मेन्था जडीबुटी खेतीबाट कैलालीका किसान राम्रो आम्दानी गर्दै 

कैलाली । कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएका छन् ।

गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान रमेश चौधरीले यस वर्ष १० कठ्ठामा खेती गर्ने तयारी थाल्नुभएको छ । “दुई बाली खेती भित्र्याएपछि खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो । यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ”, रमेशले भन्नुभयो ।

रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भइरहेको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्बासेले बताउनुभयो । “यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन”, बेल्बासे भन्नुहुन्छ, “मेन्था खेती गाईवस्तुले पनि नोक्सान गर्दैनन् । यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ । जडीबुटी खेती गरेमा फाइदा धेरै छन् ।”

गत वर्ष पनि यस क्षेत्रमा ३० हेक्टर जमिनमा मेन्था खेती भएको थियो । मेन्था खेतीका लागि अहिलेसम्म २६ हेक्टर जमिनका लागि १४३ किसानले साढे तीन टन मेन्थाको सकर लगिसकेको उहाँको भनाइ छ । “प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेका छन्”, बेल्बासे भन्नुहुन्छ, “माघदेखि चैतको पहिलो सातासम्म रोप्न सकिने भएकाले दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ, यस वर्ष खेती बढ्ने अनुमान गरेका छौँ ।”

प्रतिकठ्ठा छ देखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसका लागि जडीबुटी कार्यालयले किसानलाई बिनालगानी सहुलियतरूपमा मेन्थाको सकर दिने गरेको छ । यसबाट सहजरूपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको उहाँले बताउनुभयो ।

विसं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै आएकोे जडीबुटी प्रशोधन केन्द्र टीकापुरले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गरे मेन्था उत्पादन वृद्धि हुने किसानको भनाइ छ । “यसरी जडीबुटीमा लागेका किसानलाई स्थानीय सरकार र प्रशोधन केन्द्रले अनुदान, प्राविधिक सहयोग बढाउन आवश्यक छ”, किसान लक्ष्मी चौधरीले भन्नुभयो, “किसानलाई सघाउने कार्यक्रम भए धेरै लाभ लिन सकिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.