भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नेपालमा किन आवश्यक एमडीएमएस प्रणाली ? कसरी दर्ता गर्ने ?

नेपालमा किन आवश्यक एमडीएमएस प्रणाली ? कसरी दर्ता गर्ने ?

काठमाण्डौ । सोमबारदेखि पूर्णरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएको छ । व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइ भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने र नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

नेपालभित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए र नभएको यकिन गरी मात्र खरिद गर्न पनि समेत प्राधिकरणले अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरिएको छ । अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले एक थान मात्रै फोन ल्याउन पाउने व्यवस्था गरिएको छ ।

के हो एमडीएमएस भनेको ?

एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसले अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सक्ने छ ।

कसरी दर्ता हुन्छ ?

कुनै पनि मानिसले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.