भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

नेपालमा घटेन पेट्रोलियम पदार्थको मूल्य

नेपालमा घटेन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । ​नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ। भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आएल निगमले मूल्य नघटाउने भएको हो । इन्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी) बाट आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा १ रूपैयाँ २१ पैसा र डिजेलमा ५ रूपैयाँ ५ पैसा घटेर आए पनि नेपाल आएल निगमले नघटाउने भएको हो ।

खाना पकाउने एलपी ग्यासमा भने प्रति सिलिण्डर ३ सय ३९ रूपैयाँ ६ पैसा बढेर आएका कारण निगमलाई प्रति सिलिण्डर ६ सय ३५ रूपैयाँ ५० पैसा घाटा लाग्ने निगमले जनाएको छ ।

निगमले केही वर्षयता पेट्रोलियम पदार्थमा ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ। उक्त स्वचालित प्रणाली लागू गर्दा निगमले भारतबाट इन्धनको मूल्य बढेर आए त्यसैअनुसार यहाँ पनि मूल्य बढ्ने र घटेर आए त्यसैअनुसार यहाँ मूल्य घट्ने जनाएको थियो।

 


Thali Mobile Pvt.Ltd.