भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाललाई सिक्किमजस्तै बनाउने नागरिकता विधेयक फिर्ता लिनुपर्छ : सांसद प्रेम सुवाल

नेपाललाई सिक्किमजस्तै बनाउने नागरिकता विधेयक फिर्ता लिनुपर्छ : सांसद प्रेम सुवाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण लगाउने मन्त्रिपरिषदको सिफारिस तत्काल फिर्ता लिन आग्रह गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको जिकिर गर्दै पछि हट्न आग्रह गरेका हुन ।

सांसद सुवालले नेपालको भूराजनीतिका कारण पनि गैर आवासीय नेपालीहरूलाई नागरिकता दिने व्यवस्था उपयुक्त नभएको बताए। ‘गैर आवासीय नेपालीको अर्थ नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाहरू हुन। नेपालको भूराजनीति अनुसार गैर आवासीय नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था तत्काललाई उपयुक्त छैन,’ उनले भने।

‘नेपालीलाई नेपाली नागरिकता दिनुपर्छ। तर, विदेशीलाई दिनु हुँदैन। ०६३ साल यता सार्वजनिक सर्जिमन गराई विदेशीलाई जन्मको आधारमा दिइएको नेपाली नागरिकता खारेज गर्नु पर्छ। जन्मको आधारमा विदेशी नेपाली भएकाका छोराछोरीहरूलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु उचित होइन। यो नेपाललाई सिक्किमजस्तै बनाउने हो। र, शासकहरू लेन्डुपजस्तै हुने बाटो हो। यो देशद्रोही बाटोबाट सरकार पछि हट्नु जरूरी छ।

अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु भएको नागरिकता विधेयकलाई निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसदलाई छलेर मन्त्रिपरिषदबाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन,’ सांसद सुवालले भने, ‘प्रधानमन्त्रीजीको त्यो अनुरोध फिर्ता हुन जरूरी छ। र, संसदमा नागरिकता विधेयक ल्याउन जरूरी छ।’ सांसद सुवालले भने ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको सो विधेयक संवैधानिक र कानुनी हिसाबले प्रधानमन्त्री दाहालले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.