भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालले मलेसियालाई २५ रनले हरायो

नेपालले मलेसियालाई २५ रनले हरायो

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको छ । दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो ।

पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भएको छ । यसअघि नै युएई र थाइल्याण्डसँग पराजित भएको नेपालले कतार भुटानलाई भने पराजित गरेको थियो । कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला विश्वकपमा छनोट हुनेछन् ।

नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै २० ओभर खेल्दा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक २८ रन बनाइन् ।

बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर २ विकेट लिइन् ।

 


Thali Mobile Pvt.Ltd.