नेपाली कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने

नेपाली कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने

दोहा । कोभिड भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाई अब ६ महिनासम्म कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने सुविधा दिएको छ ।

कतार स्वास्थ्य मन्त्रालयले कतार फर्कनु अघि खोपको दोस्रो डोज प्राप्त गरेको १४ दिन बितिसकेको हुनुपर्ने र यात्रापछि फर्कने क्रममा पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने जनाएको छ । १६ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई पूर्ण खोप लगाइएको अभिभावकको साथ हरियो सूचीमा समावेश भएका देशहरूबाट कतार फर्कने अनुमति छ, यसरी फर्किनेहरुले अनिवार्य रुपमा ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि यो सुविधा ३ महिनाका लागि मात्र दिइएको थियो । दोस्रो डोज लगाएको १४ दिनपछि लिन पाइने यो सुविधा हाललाइ अन्य मुलुकमा भ्याक्सिन लगाएकाहरूले भने पाउने छैनन् ।

 


Thali Mobile Pvt.Ltd.