भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् युएई मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गर्नुभएको छ । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गर्नुभएको हो ।

जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गर्नुभएको युएईमा नेपाली टोलीका साथमा रहनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जानकारी दिनुभयो । शेर्पाले आज सेमिफाइनल खेल्नुहुनेछ ।

यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गर्नुभएको छ । उहाँ सम्मलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी हुनुभएको छ । प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी हुनुभएको छ ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी हुनुहुन्छ । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.