भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

नेपाली विद्यार्थीलाई हमासले बन्धक बनाएर राखेको पुष्टि

नेपाली विद्यार्थीलाई हमासले बन्धक बनाएर राखेको पुष्टि

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी लगेको पुष्टि भएको भएको छ । दूतावासले आज एक विज्ञप्ति जारी गरी हमासले बन्धक बनाई गाजातर्फ लगेकाहरूमा विपिन जोशी पनि रहेको इजरायली डिफेन्स फोर्सले जनाएको छ ।

हमासको बन्धक हुनेहरूमध्ये विपिनसमेत रहेको आईडिएफका प्रवक्ताले दूतावासलाई जानकारी दिएको छ । तर दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र उनी हालसम्म पनि सम्पर्कविहीन नै रहेको बताएको छ ।

उनको खोजी र उद्धारका लागि पहल भइरहेको छ । यता, परराष्ट्र मन्त्रालयले विपिन गाजास्थित एक अस्पतालमा स्वस्थ अवस्थामा रहेको जनाएको छ । प्रवक्ता सेवा लम्सालले यसबारे पुष्टि हुने आधार खोजिरहेको बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.