भर्खरै : Sorry, your browser does not support inline SVG.

रुकुममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था चिन्ताजनक

रुकुममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था चिन्ताजनक

काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । ५ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका ८ गैरीजिउलामा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारी मिसन अस्पतालमा लगिएको छ ।

 


Thali Mobile Pvt.Ltd.