भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

नेपाली सेनाको टोली आधार शिविरमा

नेपाली सेनाको टोली आधार शिविरमा

काठमाडौं । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान– २०२२’ को टोली चार वटा हिमालका आधार शिविरमा पुगेका छन् । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारीकासाथ उक्त टोली त्यहाँ गएको हो ।

सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेको नेपाली सेनाले जनाएको छ ।

बेस क्याम्प पुगे पश्चात् उक्त टोलीले फोहोर संकलन कार्य सुरु गरेको जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हिमाल सफाइ अभियान यही वैशाख २२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.