भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नेपाल प्रहरी सबै भन्दा सर्वोत्कृष्ट

नेपाल प्रहरी सबै भन्दा सर्वोत्कृष्ट

काठमाण्डाैं ।  बेरुजु फर्छ्यौटमा नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वमा नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेको । प्रहरीले आर्थिक वर्ष २०७४ र ०७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्यौट गरेको जनाएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी उत्कृष्ठ भएको गृहमन्त्रालयले विहिबार घाषणा गरेको हो ।

गृह मन्त्रालयले बिहीबार गरेको कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेको भन्दै प्रशंशा समेत गर्नुभयो । उहाले नगद १० हजार रुपैयाँ पुरस्कार र प्रशंशापत्र समेत प्रदान गर्नुभयो ।

नेपाल प्रहरीले आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा गत आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आ.व. २०७४ र ०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार मन्त्रीस्तरको निर्णय अनुसार बेरुजु फर्छ्यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।