भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेपाल विद्युत प्राधिकरणले फेरि भारतलाई बिजुली बेच्न थाल्यो

नेपाल विद्युत प्राधिकरणले फेरि भारतलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । जलस्रोतको धनी देश नेपालले कालीगण्डकीबाट निकालिएको बिजुली भारतमा निर्यात सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबारबाट कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् निर्यात सुरु गरेको हो । प्राधिकरणले १ सय ७७ मेगावाट भन्दा धेरै विद्युत् भारत निर्यात गरिरहेको छ ।

कालीगण्डकी ए को १ सय ४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट विद्युत् प्राधिकरणले भारत निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ । भारत निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ७ दशमलव १८ भारु अर्थात ११ रुपैयाँ ४८ पैसा रहेको छ । नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा २४ घण्टालाई १५ र १५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बाँकी रहेको विद्युतलाई प्राधिकरणले भारत निर्यात गरेको जनाएको छ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो ।

 


Thali Mobile Pvt.Ltd.