काठमाडौं । विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सशस्त्र प्रहरी बल नेपालले प्रधान कार्यालय परिसरमा वृक्षरोपण गरि विश्व वातारण दिवस मनाएको छ भने यससंग सम्बन्धित निकायहरुले विभिन्न कार्यक्रम गरिमनाइदै छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागितामा फलफूल लगायत विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागिता रहेको थियो । पछिल्लो साढे दुई सय वर्षमा पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा धेरैले बढेको पाइएको छ ।
अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा अहिले ५० प्रतिशत भन्दा बढी भएको पाइएको हो ।
विश्वमा १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म औद्योगिक क्रान्ति भएको थियो ।
मे महिनामा मापन भएको तथ्याङ्क अनुसार पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च तहमा पुगेको पनि प्रतिवेदनमा भनिएको छ । सन् २०२१ मा ३६ दशमलव ३ अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन भएको थियो । संसारभरका पावर प्लान्ट, उद्योग, गाडी लगायतका कारण वायुमण्डलमा कार्बनडाइअक्साइड बढेको हो ।
