भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

नेवार भेषभुषामा ‘मिस नेवा’ सुन्दरीहरु

नेवार भेषभुषामा ‘मिस नेवा’ सुन्दरीहरु

काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवामा सुन्दरीहरुले नेवारी कल्चर झल्काएका छन् । १५ औं संस्करणका प्रतियोगिहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्दै नेवा सुन्दरीहरुले नेवार समुदायको पहिचान झल्काएका हुन ।

कीर्तिपुरको सःसः त्वाःमा आयोजित मिस नेवाः नेपाल ट्यालेन्ट शोमा प्रतिभा प्रदर्शन गर्दै नेवार सुन्दरीहरुले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्व कला, चित्रकला, वाद्यवादन, हस्तकलाजस्ता प्रतिभा प्रदर्शन गरेका थिए । ट्यालेन्ट शोमा प्रिया तुलाधर, स्वीकृति महर्जन, मनीका खड्गी, रुचिका तण्डुकार, कृषा महर्जन, सृजा रञ्जितकार, लेनिका डंगोल र कृष्टीना महर्जनले नृत्य विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

ट्यालेन्ट शोमा मनिषा महर्जनले पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कविता वाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले वाँसुरी वादन र रीना महर्जनले हस्तकला प्रदर्शन गरेका थिए ।

ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायब महाप्रवन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोजकुमार शाक्य, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ निर्णायक रहेको ट्यालेन्ट शोमा पूर्व मिस नेवाः सुनिता डंगोलले प्रतियोगिताको सञ्चालन गरेकी थिइन। प्रतियाेगिताकाे ग्रान्डफिनाले फागुन ७ गते हुने नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ जानकारी दिए।

तस्बीरमा मिस नेवाः प्रतियोगिहरुm2

 


Thali Mobile Pvt.Ltd.