भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेवार भेषभुषामा ‘मिस नेवा’ सुन्दरीहरु

नेवार भेषभुषामा ‘मिस नेवा’ सुन्दरीहरु

काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवामा सुन्दरीहरुले नेवारी कल्चर झल्काएका छन् । १५ औं संस्करणका प्रतियोगिहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्दै नेवा सुन्दरीहरुले नेवार समुदायको पहिचान झल्काएका हुन ।

कीर्तिपुरको सःसः त्वाःमा आयोजित मिस नेवाः नेपाल ट्यालेन्ट शोमा प्रतिभा प्रदर्शन गर्दै नेवार सुन्दरीहरुले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्व कला, चित्रकला, वाद्यवादन, हस्तकलाजस्ता प्रतिभा प्रदर्शन गरेका थिए । ट्यालेन्ट शोमा प्रिया तुलाधर, स्वीकृति महर्जन, मनीका खड्गी, रुचिका तण्डुकार, कृषा महर्जन, सृजा रञ्जितकार, लेनिका डंगोल र कृष्टीना महर्जनले नृत्य विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

ट्यालेन्ट शोमा मनिषा महर्जनले पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कविता वाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले वाँसुरी वादन र रीना महर्जनले हस्तकला प्रदर्शन गरेका थिए ।

ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायब महाप्रवन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोजकुमार शाक्य, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ निर्णायक रहेको ट्यालेन्ट शोमा पूर्व मिस नेवाः सुनिता डंगोलले प्रतियोगिताको सञ्चालन गरेकी थिइन। प्रतियाेगिताकाे ग्रान्डफिनाले फागुन ७ गते हुने नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ जानकारी दिए।

तस्बीरमा मिस नेवाः प्रतियोगिहरुm2

 


Thali Mobile Pvt.Ltd.