भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘नो मास्क’ आन्दोलन

‘नो मास्क’ आन्दोलन

रोम । इटालीको राजधानी रोममा अचानक फर दृश्य देखियो । मास्क प्रयोगका विरुद्ध प्रदर्शन भएको हो ।

सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेपनि मृत्युदर बढेको बढ्यै भएपछि यसको प्रयोगविरुद्ध प्रदर्शन भएको सञ्चारमाध्यमले जनाएका छन् । शनिबार १६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्यमन्त्रीले दिएपछि प्रदर्शन सुरु भएको हो।

लामो समयसम्म मृत्युदर घटे पनि शनिबार एकैदिन १६ जनाको ज्यान गएको हो। त्यस्तै थप १ हजार ६९५ संक्रमित भेटिएका छन्। विश्वभर फैलिएको भाइरसबाट हालसम्म इटालीमा २ लाख ७६ हजार ३३८ संक्रमित भइसकेका छन् भने ३५ हजार ५३४ को ज्यान गएको छ।

 


Thali Mobile Pvt.Ltd.