भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पढाइप्रति बालबालिकाको रुचिमा कमी

पढाइप्रति बालबालिकाको रुचिमा कमी

पाल्पा, । कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको किताबमा केन्द्रीत भई अध्ययन गर्नमा रुचीमा भने कमी भएको पाइएको छ ।

न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल, डासुराम पन्तले अनलाईन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताए । कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको प्रिन्सिपल पन्तको भनाइ छ । विद्यार्थी नियमित रुपमा विद्यालयमा उपस्थिति भए पनि अध्ययनमा पूर्ण रुपमा सक्रियता देखाउन सकेको स्थिति छैन । गृहकार्य गर्न समेत पहिलाको तुलनामा कमी देखिएको छ ।

पाल्पाका स्थानीय तहले भदौको अन्तिम, असोज महिनाको पहिलो साताबाट विद्यालय नियमित रुपमा सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा निरुत्साहित विद्यार्थी शिक्षकको उपस्थितिमा अध्ययन गर्न पाउँदा चहलपहल बढेको छ । विद्यालय परिसरमा सहकर्मीसँग दैनिक भेटघाट र अभ्यास, खेलकूदका गतिविधिमा नियमित सहभागिता हुन पाउँदा खुसी लागेको न्यू होराइजन स्कुल पाल्पामा कक्षा १० मा अध्ययनरत रञ्जन भण्डारीले बताए ।

पाल्पाका विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएसँगै विद्यालयमा शिक्षक, विद्यार्थीको चहलपहल देखिएको छ । कोरोना सङ्क्रमणको जोखिमले सुनसान विद्यालय धमाधम खुलेपछि शिक्षक विद्यार्थीको उपस्थितिले चहलपहल ल्याएको हो । राम आधारभूत विद्यालय, बगनासकालीका प्राधानाध्यापक गुनबहादुर गाहाले जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका शिक्षकले स्वास्थ्य मापदण्डको पालना गराउन चासो देखाउनुपर्ने बताए ।

तर, अधिकांश विद्यालयमा खासै चासो नदेखाउदा विद्यार्थीमा कुनै उत्साह देखिएको छैन । पाल्पाका निजी तथा सरकारी विद्यालयसमेत विद्यार्थीले मुखमा मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई अनिवार्य गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.