भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

पन्ज्युनयाँ क्रिकेटको उपाधि शुसितमलाई

पन्ज्युनयाँ क्रिकेटको उपाधि शुसितमलाई

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले जितेको छ । मङ्गलबार भएको फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले हराउँदै उपाधि चुमेको हो । उपाधिसँगै शुसितमले रु ७७ हजार ७७७ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कैलपालले रु ३३ हजार ३३३ पाएको छ । शुसितमले १२५ रनको लक्ष्य दिएपनि कैलपाल १७ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो ।

कैलपालका लागि हरि ओझाले अविजित ३७ रनको योगदान दिए । कैलपाल यसअघि पहिलो संस्करणको उपविजेता टोली पनि हो । कैलपालको पारी ध्वस्त पार्ने क्रममा शुसितमका किरन कार्कीले चार तथा जनक कार्कीले तीन विकेट लिए । शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल हुनुभयो । त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङ गरेको शुसितमले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि जनकसिंह कार्कीले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ कैलपालका गोविन्द चन्दले तीन विकेट लिए ।

यसैबीच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत १२५ रन र सात विकेट लिनुभएका शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज हुनुभयो । उनले रु पाँच हजार ५५५ पुरस्कार प्राप्त गर्नुभयो । शुसितमका लागि १३४ रन बनाउनुभएका सन्तोष कार्की उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो । शुसितमका लागि १६ विकेट लिनुभएका किरन कार्की उत्कृष्ट बलर हुनुभयो । दुवैले समान रु तीन हजार ३३३ पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताका विजेता र उपविजेता टोली तथा खेलाडीलाई दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की, शुसितम क्रिकेट क्लबका अध्यक्ष वीरसिंह कार्कीलगायतले पुरस्कार वितरण गर्नुभयो । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा बैतडी र दार्चुलाका १२ टोली सहभागी थिए । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो ।

 


Thali Mobile Pvt.Ltd.