भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा बिक्री वितरणमा रोक

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा बिक्री वितरणमा रोक

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ ।

सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त वस्तुको बिक्री वितरणमा रोक लगाएको हो ।

प्रशासन कार्यालयले पूर्वमा गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ उत्पादन, बिक्री वितरण, भण्डारण र सेवन गर्न आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कसैले अटेर गरी निषेधित क्षेत्रमा निषेध गरिएका वस्तुको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कारबाही हुने प्रशासन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.