भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

छांगरु र तिंकरका पहाड फोड्दै नेपाली सेना

छांगरु र तिंकरका पहाड फोड्दै नेपाली सेना

दार्चुला । नेपाली सेनाले घाँटीबगर इलाकामा रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । कडा चट्टान रहेको यस क्षेत्रमा भदौ मसान्तभित्रै ५५० मिटर गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाले जनाएको छ ।

सडक निर्माणका क्रममा भारतद्धारा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । जेठबाट नेपाली सेना परिचालन भएर गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।

बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ ।

 


Thali Mobile Pvt.Ltd.