भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

लद्दाखमा फेरि झडप भारतले पायो चिनियाँबाट झापड

लद्दाखमा फेरि झडप भारतले पायो चिनियाँबाट झापड

काठमाडौँ । भारत र चीनका सेनाबीच लद्दाखमा फेरि झडप भएको छ । पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच धकेलाधकेल भएपछि चिनियाँ सेनाले झापड दिएको संचारमाध्यमले जनाएका छन् ।

झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको छ । झडपमा भएको हताहती खुलाइएको छैन ।भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दावी गरेका छन् भने भारतीय सेना लुकिछिपि आएकोले सवक सिकाएको दावी गरेको छ ।

यसअघि जुन १५ मा लद्दाखकै गलवान क्षेत्रमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुबै मुलुकका सेनाले सीमा क्षेत्रमा तैनाथी बढाएका थिए । चिनियाँ सेनाले हिमाली क्षेत्रमा अत्याधुनिक हतियारसहित सैन्य अभ्यास गरेको सार्वजनिक भएको छ भने भारतीय सेनाले चुनौतीको सामना गर्न तयार रहेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.