भर्खरै : Sorry, your browser does not support inline SVG.
वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल |

पहिराले राजमार्ग अवरुद्ध

पहिराले राजमार्ग अवरुद्ध

डोटी । गएरातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण बिहान ६ः०० बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ ।

पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीयवासी सोपानसिंह ओलीले जानकारी दिनुभयो । जिल्लामा गएरातिदेखि लगातार वर्षात भइरहेको छ भने ठाउँ ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको बताइएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.