भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

पहिरोमा बेपत्ता भएका व्यक्तिको शव भेटियो, १३ घर पुरिए, १५ जना घाइते

पहिरोमा बेपत्ता भएका व्यक्तिको शव भेटियो, १३ घर पुरिए, १५ जना घाइते

३० साउन २०७७ काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । ५४ वर्षीय काले मोक्तानको शव बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङले जनाएको छ ।

पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको प्रहरी निरीक्षक विकासराज तामाङले बताए । मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउएका थिए । पहिरो खस्नु अघिसम्म अरुलाई सजग गराइरहेको प्रत्यक्ष दर्शीले बताएका छन् । पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ ।

१३ घर पुरिए
जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो जाँदा गाउँका १३ घर पुरिएका छन् । अरु घर जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिईन् । पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीयले बताए ।

पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

प्रसारण लाइनमा क्षति
म्याग्दीको अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पु¥याएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको एक वटा टावर ढलेको छ भने चार वटा जोखिममा परेका छन् ।

धाइरिङको डिलबाट ठूला ढुङ्गासहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा)मा लागेर जलजला गाउँपालिका–७ मिलनचोक स्थित १४ नम्बरको टावर ढलेको छ । नजिकका अन्य दुई वटा टावरमा असर पुगेको छ । प्रसारण लाइनको टावर वरपरका क्षेत्रमा निर्माण गरिएका सडकका कारण क्षति भएको आयोजनाले जनाएको छ ।

सडक विस्तारका लागि खनिएको माटोको व्यवस्थापन नहुनु, भत्काएको ठाउँमा संरक्षण नभएका कारण प्रसारण लाइनमा असर पुगेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।

 


Thali Mobile Pvt.Ltd.