भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पहिरोले सडक अवरुद्ध हुँदा मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत पुर्याउन समस्या

पहिरोले सडक अवरुद्ध हुँदा मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत पुर्याउन समस्या

काठमाण्डौ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत पुर्याउन समस्या भएको छ । बाढीरपहिरोले सडक भत्किएको तथा हवाई मार्गबाट ढुवानी हुन नसक्दा प्रभावितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा पुर्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अहिले बन्द छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका(२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामका लागि साउन मसान्तसम्म यो सडक बन्द गरिएको हो । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडक बन्द हुँदा बाढी प्रभावितलाई राहत पुर्याउन समस्या छ ।

उहाँले यो सडक तत्काल खुलाउन सके मात्रै राहत सहज हुने बताउनुभयो । हिजो बाढीले क्षति पुर्याएको भौतिक संरचनाको प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापनको काम गरिएको छ । प्रमुख जिल्ला अधिकारी केसीले बाढीले गरेको क्षतिको विवरण सङ्कलनका साथै घरबास गुमाएकालाई आफन्त कहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । स्थानीय बासिन्दा र मजदुरलाई खानेबस्ने व्यवस्था घरपझोङ र बारागुङ गाउँपालिकाले गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतवार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण सङ्कलन र घरबास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् । घरपझोङ गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिनुभयो ।

पूर्वसूचनाका कारण स्थानीयवासीले ज्यान जोगाएका अध्यक्ष गुरुङले बताउनुभयो । कागखोलामा तीन वटा पक्की, एउटा झोलुङ्गे र एउटा काठको पुल क्षति भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागखोलामा निर्माणाधीन मोटरेबल पुलको स्पाम बगाउँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासँग यातायात सम्पर्कविच्छेद भएको छ।

 


Thali Mobile Pvt.Ltd.